कोशी प्रदेश पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

कुमोद अधिकारी
२८ असार
विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेशका रूपमा घोषणा गरिएको छ । कोशी प्रदेशका १४ वटै जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि कोशी प्रदेसलाई पुर्ण खोप शुनिश्चिता तथा दिगोपना घाषणा गरिएको हो ।
कोशी प्रदेस स्वास्थ्य मन्त्रालय, प्रदेश खोप समन्वय समितिको सचिवालय तथा स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा विराटनगरमा आज आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेस पुर्ण खोप शुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कोशी प्रदेसका १ सय ३७ वटै पालिका र प्रदेसका १४ वटै जिल्लामा पूर्णखोप खोप सुनिश्चितता भएसंगै प्रदेसलाई पुर्ण खोप शुनिश्चितता भएको घोषणा गरिएको जानकारी दिनुभयो ।
गत चैत ३ देखि असार १६ गते सम्ममा कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्ण खोप सुनिश्चिताको घोषणा गरिसकेका छन् ।
चालु आर्थिक २०८२–०८३ मा पाँचथर जिल्लाले प्रदेशमै पहिलो पटक पूर्ण खोप सुनिश्चिताको घोषणा गरेको थियो । असार १६ गते खोटाङले पूर्ण खोप सुनिश्चिताको घोषणा गरेको छ ।
नेपाल सरकारले क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, हेपाटाईटीस बी, धनुष्टंकार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड) रोग बिरुद्दका १४ प्रकारको खोप निशुल्क दिदै आएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनु्सार चालु आर्थिक वर्षमा ०–१५ महिनाका ७९ हजार ८२७ र १६ देखि ५९ महिनाका २ लाख ८ हजार २०१ ले पूर्ण खोप लगाएका छन् ।


घोषणसभा कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन प्राथमिकता दिएका कारण वडा स्तरबाट नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रदेस सरकार सफल भएको वताउनुभयो ।
उहाँले पुर्ण खोप शुनिश्तिता कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला स्वयसेविकाको सेवा–सुविधा वृद्धि गर्न सकिने विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो।
स्वास्थ्य सेवाको गुणस्तर सुधार, अस्पतालहरूको स्तरोन्नति तथा सेवाग्राहीले सहज रूपमा उपचार पाउने वातावरण निर्माण गर्ने गरि प्रदेश सरकारले काम गरिरहेको उहाको भनाई थियो ।

उहाले सीमित स्रोत–साधनका बाबजुद उपलब्ध क्षमताअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागी आफुले कुनै पनी किसिमको कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कोशी प्रदेश सरकारकै महत्वपूर्ण उपलब्धि भएको चर्चागर्दै यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने वताउनुभयो ।
मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण कोशी प्रदेशका सबै जिल्ला, स्थानीय तह र वडाले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो ।
प्रदेश खोप समन्वय समितिका सचिव तथा प्रादेशिक खोप फोकल पर्सन सागर प्रसाईंले हाल सरकारले १४ प्रकारका सरुवा रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराउँदै आएकाले खोप लगाउनवाट कुनैपनि वालवालिका वन्चित हुन नहुने वताउनुभयो ।
कार्यक्रममा पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपनाका लागि स्थानीय स्रोत, स्वामित्व र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *