कुमोद अधिकारी
माघ, १५
विराटनगर । फागुन–२१ ग्ते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, व्यवस्थित र मयार्दित वनाउने उदेश्यका साथ विराटनगरमा आज निर्वाचन व्यवस्थापन समितिको वैठक वसेको छ
मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा भएको वैठकमा मोरङ जिल्लका राजनितिकदलका प्रतिनिधि, प्रतिनिधिसभा सदस्यका उमेदवार, मोरङका ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधितथा सरोकारवालाहरुको सहभागिता थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित एंव मार्यादित वनाउन निर्वाचन आचार संीहताको प्रभावकारी कार्यान्वयन तथा शान्ती सुरक्षाका विषयमा वैठकमा छलफल भएको थियो । वैठकमा राजनितिकदलका प्रतिनिधि तथा उमेदवारहरुले निर्वाचन प्रचार प्रसारको क्रममा स्थानिय प्रसासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका थिए ।
उहाहरुले निर्वाचनलाई व्यवस्थित वनाउन अहिले भइरहेको समाजिक सन्जाल तथा राष्ट्रिय झण्डाको दुरुपयोगलाई रोक्नुपर्ने वताउनुभयो ।

वैठकमा मोरङका मुख्य निर्वाचन अधिकृत भिष्मराज प्रसाईले आचार संहिता कार्यान्वयनमा जोड दिदै उमेदवारहरुलाई निर्वाचन आयोगले तोकेको खर्चको सिमा अनुसार खर्चगर्न आग्रह गर्नुभयो । उहाले यस पटकको निर्वाचनमा आचार सहिता कार्यान्वयका लागि छुटै अनुगमनटोली परिचालन हुने वताउनुभयो ।
मोरङका प्रमुख जिल्ल अधिकारी युवराज कटेलले उमेदवार तथा राजनितिकदलहरुले निर्वाचन सम्वन्धि कार्यक्रम गर्दा स्थानिय प्रसासनलाई जानकारी गराउन आग्रह गर्नुभयो । निर्वाचनका लागि स्थायिन प्रसासनले निर्वाचन लक्षित प्रभावकारी सुरक्षा व्यवस्था मिलाएकाले निर्वाद रुपमा आफना गतिविधि संचालनगर्न दलहरुलाई उहाले आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन । त्यसमध्ये पुरुष ३ लाख ९९ हजार ६ सय ८६ र महिला ३ लाख ८३ हजार ३ सय ५७ तथा अन्यमा ७ जना रहेको निार्वाच कार्यालय मोरङका प्रमुख चोलाराज दगांलले जानकारी दिनुभयो ।