विराटनगर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि छनौटमा नेता विनोद कुमार ढकालको प्यानल भारी मतान्तरसहित विजयी भएको छ।
आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवारहरू फराकिलो मतान्तरले निर्वाचित भएका हुन्।
ढकाल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर हुन् । कुल खसेको मतमध्ये सबैभन्दा बढी मत ल्याएर नेता विनोद कुमार ढकाल लोकप्रिय बनेका छन्।
खुला तर्फको प्रतिस्पर्धामा विनोद ढकाल सर्वाधिक १,५२७ मत ल्याएर विजयी भएका छन्। सोही प्यानलबाट पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत प्राप्त गरी विजय हासिल गरेका छन्।