कोशी प्रदेस स्तरिय फुलपाती वडाईका लागि तयारी तिव्र

कुमोद अधिकारी
११ असोज,
विराटनगर । विगतका वर्ष जस्तै यो वर्षपनि मोरङको रंगेली स्थित सान्सारीमाईको मन्दिरमा विजयादश्मीको सप्तमीका दिन कोशी प्रदेस स्तरिय फुलपाती वडाई हुने भएको छ ।
कोशी प्रदेस सरकारकाले सो मन्दीरमा प्रदेस स्तरिय वडाई गर्ने मन्त्री परिषदवाटै निर्णय गरेपछि विगत पाचवर्ष देखी मन्दिरमा फुलपाती वडाई हुदै आएको छ ।
विगतका वर्षहरुमा जस्तै यसवर्ष पनिफुलपाती वडाईका लागीतयारी तिव्र पारिएको सान्सारी मन्दीर व्यवस्थापन समितिका अध्यक्ष सन्जीवश्रेष्ठले वताउनुभयो ।
विगत पाच वर्ष देखि कोशी प्रदेसका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा आयोजना हुदै आएको फुलपाती वडाईमा मोरङ, सुनसरी, झापा जिल्ला लगायत भारतका सिमावतीै जिल्लाको भक्तजनहरुको समेत ठुलो शख्यामा सहभागि हुने गरेका छन ।
आउदो सोमवार फुलपातीका दिन विहान ९ वजे वाजागाजा झाकी तथा कलशयात्रा सहित मन्दीरवाट फुलपाती वडाईको डोली निकालिने गरि तयारी गरिएको समितिका अध्यक्ष श्रेष्ठले वताउनुभयो
वडाई कार्यक्रममा प्रदेसका मुख्यमन्त्री, मन्त्री, प्रदेससभा सदस्य, नेपाली सेना, नेपालप्रहरी , सशत्रप्रहरी तथा स्थानिय तहका प्रमुख तथा भक्तजनका्े उल्लेखनिय सहभागिता हुने गरेको छ । धार्मीक एंव ऐतिहासिक महत्व वोकेको पुर्वकै प्रमुख शक्तिपीठको रुपमा रहेको सो मन्दीर भाकलगर्दा मनोकामना पुरा हुने विश्वास रहि आएको छ ।


फुलपातीका दिन मात्र नभएर हरेक दिन मन्दीरमा सयौ भक्तजनहरुले मनोकामना पुरा भएपछि भाकल गरे अनुसार वोकाको वली चढाउदै सानसारी देवीको पुर्जा अर्चना गर्ने गर्दछन । यो वर्ष फुलपाती वडाईमा दश हजार वढि भक्तजना सहभागि हुने गरि व्यवस्था मिलाइएको मन्दिरी व्यवस्थापन समितिका सह–सहिच इश्वर पोखरेलले वताउनुभयो ।
दशैको घटस्थपना देखि मन्दीरमा एकदर्जन वढि व्राहम्णहरुले निरन्तर जप तथा पुजापाठ गर्दै आएका छन । नवरात्रा भरि मन्दीरमा पुजापाठ संगै प्रत्येक दिन वेलुका राष्ट्रिय स्तरका कालाकार द्धारा भजन सन्ध्या आयोजना भइरहेको छ ।योवर्षको फुलपाती वडाईमा कलश यात्रामा मात्र एकहजार वढि महिला तथा सहभागि हुने सह–सचिव पोखरेलको भनाई छ ।
मन्दीर परिसरवाट फुलपातीको डोली वोकेर भक्तजनहरु मन्दीरभन्दा करिव साढे तिनकिलोमिटर पुर्वमा रहेको वेलको रुखमा गएर विधि पुर्वक पुजाआजा गर्ने गर्दछन । सो क्रममा रंगेली वजारमा रहेको काली मन्दिर तथा इलाका प्रहरी कार्यालय रंगेलीमा रहेको देवीको मन्दिरमा समेत पुजाआजा गर्ने परम्परा रहि आएको छ ।
करिव तिन घन्टाको रंगेली वजार तथा मन्दिरहरुको परिक्रममा पछि फुलपाती वोकेको डोली पुन सानसारी मन्दीरमा आएर सानसारी मातालाई वोका चढाएपछि फुलपाती विर्सजन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *