विराटनगर महागनरपालिका क्षेत्रमा खानेपानी सुधार आयोजनाको काम तिव्र गतीमा हुदै,

कुमोद अधिकारी
९ साउन,
विराटनगर। जापान सरकारको अनुदान सहयोगमा जाइकाले विराटनगर महागनरपालिका क्षेत्रमा खानेपानी सुधार आयोजनाको कामलाई तिव्रता दिएको छ ।
जापानी यान २ अर्व २९ करोड १० लाख रुपैयाका लागतमा आयोजनाले महानगरपालिका क्षेत्रमा खानेपानी आयोजना सुधारकालागि काम गर्दै आएको छ ।
महानगरपालिकामा खानेपानी पाइपलाइन विस्तार, ट्रिटमेन्टप्लान्ट निमार्ण तथा १२ लाख लिटर क्षमता भएको ओभरहेड टेंकी तथा चारलाख लिटर क्षमता रहेको रिजरभ्वायर टेंकी निमार्ण साथै विभिन्न वडामा फिल्टर प्लान्ट, अण्डरग्राउन्ड टेंकी, प्रसासनिक भवन निमार्ण लगायतको कामलाइ तिव्रता दिएको आयोजनाका इन्जिनियर अरविन्दलाल कर्णले वताउनुभयो ।
आयोजना अन्तर्गत विभिन्नवडामा अहिलेसम्म ३६ किलोमिटर नया पाइपलाइन विस्तार भइ सकेको छ । महानगरपालिका क्षेत्रमा ६८ किलोमिटर नया पाइपलाइन विस्तारगर्ने लक्ष्य अनुसार अहिलेसम्म ६६ प्रतिशत पाइपलाईन विस्तारको काम भइसकेको आयोजनाको इन्जिनियर कर्णको भनाई छ ।
विराटनगरको १९ वटा वडामध्ये १६ वटा वर्डामा विस्तार हुने सो आयोजनावाट १ लाख वढि जनशख्या लाभान्वित हुने नेपाल खानेपानी संस्थान सस्थान देवकोटा चौक विराटनगर कार्यालयका प्रमुख सन्तोष रौनियारले वताउनुभयो ।
डव्लुएचको मापदण्ड अनुसार गुणस्तर एंव स्वच्छ पानी उत्तपादनका लागि संचालनमा ल्याइएको आयोजनाको काम सम्पन्न भएपछि दैनिक २ करोड लिटर पानी उत्तपादन र फिल्टर हुने उहाको भनाई छ ।


विराटनगरको सातठाउको खानेपानी टंकीवाट अहिले उपभोक्तालाई पानी वितरण भइरहेको छ । दिनप्रतिदिन विराटनगरक्षेत्रमा वसोवासगर्ने जनशश्ख्या वढदै जादा खानेपानीको समस्या देखिन थालेपछि उपभोक्तालाई स्वच्छ र पर्याप्त मात्रामा खानेपानी उपलव्ध गराउन आयोजना संचालनमा आएको कार्यालय प्रमुख रौीनयारको भनाई छ ।
जापानको सिमिजु कर्पोरेशले निमार्णगर्दै आएको आयोजनाको ठेक्का सम्झौता सन २०२४ को अप्रिलमा भएको हो । सन २०२६ को मे महिनामा आयोजनाको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा दुइवर्ष भित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख भएपनि अहिले भइरहेको काम र्हेदा लक्ष्यभन्दा वढि काम भइरहेकाले आयोजनाको काम समयमा सम्पन्न हुने इन्जिनियर कर्णको भनाई छ ।आयोजनाको काम सम्पन्न भएपछि उत्तपादित पानीलाई कुनै प्रकारको फिल्टर नगरि धारावाट सोझै उपभोक्ताले योग्य पानी पिउन पाउने छन ।
परियोजना शुरुहुनु खुशीको कुरा भएकाले समयमा परियोजना सम्पन्न हुनुपर्ने नगरवासीको भनाई छ । विराटनगर ७ की गिता विश्कर्माले परियोजनाले तिव्रगतिमा काम गरिरहेकोमा खुशी व्यक्तगर्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । अर्का स्थानिय सावित्री ढकालले, कामले गती लिएकाले चाडै महानगरवासीले स्वच्छ पानी उपलव्धहुने वताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *