औषधी व्यवसायीद्धारा अग्निपीडितलाई राहत बितरण

कुमोद अधिकारी
५ फागुन,
विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका – ३ बावुसाहेप टोलका अग्निपीडितहरूलाई राहत वितरण गरेका छन् ।
अग्निपीडित हरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् ।
शनिबार दिउँसो विद्युत सट भएर रंगेली ३ मा २० घर जलेर २८ परिवारका १ सय १८ जना बिस्थापीत भएका छन् । अग्निपीडितहरु ऋहिले जलेको घरदेखि दक्षिणमा त्रिपाल टाँगेर बसेका छन् ।
अग्निपीडित हरुको जीवन यापनमा कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधी व्यवसायीहरु राहत लिएर पुगेका हुन् । उनीहरुले खाद्यन्य, झुल र स्कुल पढने विद्यार्थीहरुको लागि स्टेशनरीको सामाग्री लिएर राहत वितरण गरेको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष तथा श्री शिवम मेडिकल हलका संचालक देशबन्धु ढकालले जानकारी दिनुभयो ।


राहत वितरणमा सहयोग सेजल शैसवका संचालक याम चौलागाइ, शिवम मेडिकलको संचालक देशबन्धु ढकाल, न्यूरो हस्पिटल फार्मेशीका संचालक प्रविण प्रधान, कलश फार्मका संचालक बेदबहादुर थापा गणेश, इन भिजन ड्रग डिस्टुबिटर प्रालिका संचालक सुशिम घिमिरे, रविन्द्र कोइराला, महेश मण्डल, रुपक काफ्लेलगायतले सहयोग गर्नु भएको थियो । उहाहरु सो ठाउमा पुगेर अग्नी पीडितलाई राहत वितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *