‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिदै

कुमोद अधिकारी
२८ फागुन,
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ ।
२ लाख रुपैयाँ राशीको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने झी पुचः ले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको झी पुच ः विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिने उहाले वताउनुभयो ।

४४ वर्ष अगाडी नेपाल सम्वत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ ।
झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण २ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित हुनु भएको थियो । संस्थाले यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ ।

पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उहाका परिवारद्वारा स्थापित पुरस्कार हो ।

२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षय कोष खडा गरिएको छ ।
दाता सुर्दशन बहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल दाताहरुले समेत ५ लाख रुपैयाँ सहयोग गरेका छन् । झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाइएको छ । प्रत्येक १० वर्ष पछि सिरपा थैली रकममा ५० –५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धी गर्ने योजना रहेको झी पुचः ले जनाएको छ ।
झी पुचःले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष, वेल विवहा, ब्रतबन्ध, गाइ जात्रा जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ ।
नेपाल भाषा, साहित्य, कला भोज, बाजा, नृत्य, रिति रिवाज, भेष भूषा तथा संस्कृति समेतको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।
झी पुचः ले आफ्नै परिसरमा काठमाणै पछि सवैभन्दा ठूलो आठ फिट उचाई भएको इष्ट देव भैरवको मूर्ति, नेवा संस्कृतिका महत्वपूर्ण कला सामाग्री २ फिटको सिनमु, ज्वलन्हेक र ५ फिटको सुकुण्डा निमार्ण गरेको छ ।
पूर्वमै पहिलो नेवा ः संग्रहालय निमार्ण पनि गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । केही समय अगाडी शिलान्यास गरिएको उक्त संग्रालयको निमार्ण कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *