कुमोद अधिकारी मोरङ,७ फागुन ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ महिला स्वास्थ्य स्वंसेविकालाई नगद सहित सम्मान गर्नु भएको छ ।प्रजातन्त्रको दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आज आयोजित उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रममा उहाँले महिला स्वास्थ्य स्वंसेविकालाई खुट्टामा नयाँ जुत्ता लगाइ दिएर उनिहरुलाई १५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गर्नु भयो ।
यसरी सम्मानित हुने हरुमा पम्फा राई ताप्लेजुङ्ग, दिलमाया मगर उदयपुर, निरकुमारी राणा ओखलढुङ्गा, तिलमाया खड्का सुनसरी, दयावति राजवंशी झापा, छिरिजम्बा भोटे सङ्खुवासभा, पुण्यकुमारी पौडेल खोटाङ र यशोदा ढकाल पाँचथर जिल्लाका रहनु भएको छ । यस्तै गोमा भट्टराई तेह्रथम, सिता तामाङ भोजपुर, इश्वरा निरौला ईलाम , सोनीकुमारी चौधरी मोरङ, ल्हेमी शेर्मा सोलुखुम्बु र खड्कुमारी विश्वकर्मा धनकुटा जिल्लाका रहनु भएको छ ।
मुख्यमन्त्री कार्कीले सम्मानित १४ महिला स्वयंसेविकाहरुलाई व्याग, साडी सेट र टर्च लाइट समेत प्रदान गर्नुभयो । सम्मान कार्यक्रमा वोल्नुहदै मुख्यमन्त्री कार्कीले महिला स्वयंसेविकाले दिनरात नभनि दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका गर्भवतीको निस्वार्थ सेवा गर्ने भएकोले उनीहरुको कामको सम्मान गरिएको वताउनुभयो ।
उहाँले महिला स्वयसेविकाको कारण मातृ र बालमृत्यु दरमा कमि आएको चर्चा गर्नुहुदै महिला स्वयंसेविकालाई तिनै तहको सरकारले सम्मान गर्नुपर्ने वताउनुभयो । आफनो जाहान परिवारलाई छाडेर जुनसुकै आवस्थामा पनि अरुको सेवागर्न जाने आमाहरुलाई सम्मानगर्न पाउदा आफुलाई खुशी लागेको उहाले वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले समाज परिवर्तन गर्ने महिला स्वयंसेविकालाई प्रदान गरिएको प्रोत्साहन भत्ता उनिहरुको सेवाको तुलनामा कम भएको वताउनुभयो । महिला स्वयंसेविकाले गरेको कार्यको मूल्याङकन आगामी दिनमा स्थानीय र संघीय सरकारले समेत गर्दै जानुपर्नेमा उहाले जोड दिनुभयो ।
कोशी प्रदेसका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले स्वयंसेविकालाई गरिएको सम्मानले उच्च मनोवलका साथ काम गर्न प्रेरणा मिल्ने बताउनु भयो ।‘प्रदेश सरकार भौतिक विकास मात्र होइन सामाजिक क्षेत्रको विकासको सुरुवात यो सम्मानले प्रष्ट पारेको र यो कार्यले अन्य प्रदेशले समेत प्रेरणा दिने उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्रालकी सचिव डा सुधा देवकोटाले सरकारले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति हुने खालको कार्यक्रमहरु ल्याउने जानकारी दिनु भयो । कोशी प्रदेशमा आठ हजार सात सय ९१ जना महिला स्वयंसेविका रहेका छन् ।