सिप परिक्षणमा मुल्यांकनकर्ता र इन्सिटच्युट विच मिलोमतो भएको आरोप

कुमोद अधिकारी विराटनगर
फागुन, ७
विराटनगर । प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिईभीटी) अन्तर्गत राष्ट्रिय सीप परीक्षण समिति (एनएनटिबी) ले लिने पूर्व सिकाई व्यवसायिक सीप परीक्षण मिलेमतोमा हुने गरेको आरोप लागेको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर कमिटिले परीक्षामा तालिम दिने केन्द्र र सीप परीक्षण समितिबाट खटाइएका मूल्यांकनकर्ताबीच मिलेमतो हुने गरेको आरोप लगाएको हो ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सौन्दर्यकर्मीहरुको पूर्व सिकाईका आधारमा लिइएको तह दोस्रो (लेभल–२) अन्तर्गतको परीक्षामा एनएसटिबीबाट आएका मूल्यांकनकर्ता र परीक्षा केन्द्र प्राइम इन्स्टिच्यूटले नियम उलंघन गरिरहेको परिक्षार्थीले आरोप लगाइएका छन ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर अध्यक्ष भलि सुब्बाले विराटनगर–११ स्थित जनपथ टोलको प्राइम इन्स्टिच्यूटमा केन्द्र पारेर तालिम दिने संस्थामा संलग्नहरुलाई मात्रै उत्तिर्ण गराउने काम भईरहेको दावी गर्नुभयो । उहाले एनएनटिबीबाट खटिएका मूल्याकनकर्ताले कुन अमुक इन्स्टिच्यूटसँग मिलेमतोमा सीप परीक्षण गराउने गरेको बताउनुभयो ।
अध्यक्ष सुब्बाका अनुसार सीप परीक्षण प्रमाणपत्र समेत उपलब्ध गराउने शर्तमा प्राइम इन्स्टिच्यूटले तालिम दिईरहेका सहभागिलाई उत्तिर्ण प्राथमिकता राखिएको आरोप लगाउनुभयो ।
गत फागुन ३ गतेबाट इन्स्टिच्यूटमा सीप परीक्षण भईरहेको छ । पूर्व सिकाई व्यवसायिक परीक्षणका क्रममा फागुन ४ गते आठजना सहभागि रहेका थिए ।
प्रयोगात्मक परीक्षामा सहभागि भएका आठजनामध्ये केहिलाई अलग्गै कोठामा राखिएको थियो । प्रयोगात्मक परीक्षणमा सबै सहभागीलाई एउटै कोठामा राख्नुपर्नेमा केहिलाई छानेर अलग्गै पारिएकोप्रति आशंका उब्जिएको अध्यक्ष सुब्बाको भनाई छ ।
उत्तिर्ण गराईनुपर्ने सहभागिको लिस्ट पहिल्यै तयार पारेर बाँकीको हकमा हतोत्साहित बनाउने काम भईरहेको दावी छ । जुन इन्स्टिच्यूटमा परीक्षा भईरहेको छ, त्यसले सेटिङ गरेको आशंका भएको अध्यक्ष सुब्बा बताउनु हुन्छ् ।
‘मूल्यांकनकर्ताले सुरुमै प्रश्न सोध्ने अनि यसवर्ष तपाई उत्तिर्ण हुन नसक्ने भन्ने कुरा गर्न मिल्दैन’ सुब्बाले भनिन्–मौखिक (भाइबा) र प्रयोगात्मक परीक्षण दिईरहेका सहभागिहरुलाई हतोत्साहित गरिन्छ । उत्तिर्ण गराउनुपर्ने लिस्टका व्यक्तिहरुलाई खासै वास्ता गरिदैन तर त्यस बाहेकका सहभागिहरुले जति राम्रो गरेपनि उनीहरुलाई दवावको वातावरण सिर्जना गरिने गरिएको पत्रकार सम्मेलनमा दावी गरिएको छ ।
फागुन ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने सीप परीक्षणको विषयमा मूल्यांकनकर्ताहरुमाथि छानविन गर्न समेत पत्रकार सम्मेलनमा माग गरिएको छ ।
अमर्यादित भईरहेको कार्य तत्काल रोकिनु पर्ने समेत माग गरिएको छ । उनीहरुको आरोप अनुसार लेभल–१ उत्तिर्णहरुले लेभल–२ मा सामेल हुन पाउनेछन् । पूर्व सिकाई व्यवसायिक सीप परीक्षण प्रमाणपत्र लिनका लागि काम गरिरहेकाहरु समेत सहभागि हुने गर्दछन् । तर, निश्चित इन्स्टिच्यूटहरुले सहभागिसँग तहगत प्रमाणपत्रका लागि रकम असुल्ने गरेका कारण योग्य नभएपनि उनीहरुलाई पैसाको बलमा प्रमाणपत्र दिईने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *