कुमोद अधिकारी विराटनगर
फागुन ४ शुक्रवार
विराटनगर महानगरपालिका–५ मा रहेको एभरेष्ट सेकेण्डरी विद्यालयले एभरेष्ट कार्निभलको आयोजना गर्ने भएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुले वर्षभरि सिकेका विषयवस्तुलाई परियोजना कार्यको प्रदर्शनी सहित विभिन्न गतिविधि प्रस्तुत गर्ने उदेश्यले विद्यालयले तिन दिनसम्म कार्निभल आयोजनागर्न लागेको हो ।
विद्यालयले आज पत्रकार सम्मेलनगरि एभरेष्ट कलेज परिसरमा फागुन–५ गत देखिे तिन दिनसम्म सो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
पहिलो दिन फागुन–५ गते कक्षा दुई देखि पाच कक्षासम्मका विद्यार्थीलाई लक्षितगर्दै सो कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यालयमा वर्षभरि सिकेको ज्ञान र सिपलाई आफनाु अभिभावक माझमा प्रस्तुतगर्ने गरि कार्निभलको आयोजनागर्न लागिएको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले वताउनुभयो । सो दिन उक्त कक्षाका विद्यार्थीले आफुले विद्यालयमा सिकेको ज्ञान र सिपलाई आफनो अभिभावक समक्ष प्रस्तुत गर्ने छन ।
विद्यालय स्थापना भएको ३१ र्औ वर्षको अवसरमा आयोजना हुन लागेको महोत्सवले विद्यार्थीहरुको प्रतिभा उजागार गर्न मद्त पुग्ने उहाले वताउनुभयो ।
त्यस्तै फागुन–६ गते विद्यार्थीहरुले विभिन्न प्रस्तुती प्रदर्शन गर्ने छन फागुन–७ गते ुकक्षा–६ देखि कक्षा–१२ सम्मका विद्यार्थीहरुले तयार पारेको विभिन्न प्रविधियुक्त परियोजना सहित वृहत विज्ञान प्रदर्शनी विद्यालयमा आयोजना हुने भएकोे छ ।
प्रदर्शनीमा अवलोकनका लागि विज्ञान सम्वन्धि विभिन्न प्रविधियुक्त परियोजनाहरु राखिने छन । सोहि दिन एभरेष्ट गायन आइडल–२०८० को ग्राण्ड फिनाले प्रस्तुुत हुने र सो गायन प्रतियोगितामा १५ जना उत्कृष्ट प्रतियोगीहरुले आफनो प्रस्तुती प्रस्तुत गर्ने भएका छन ।
सोही दिन विद्यार्थहरुका विभिन्न परियोजना प्रदर्शनी तथा आर्ट ग्यालरी, पुस्तक प्रदर्शनी साथै विभिन्न प्रकारका खानाका स्टलहरु राखिने विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले वताउनुभयो ।
विद्यालयले प्रतिष्पर्धी जनशक्ति उत्तपादनगर्न दुईवर्ष अघि रातो वंगला फाउण्डेसनको सहकार्यमा विद्यार्थीलाई सिपमुलुक सिक्षा प्रदानगर्दै आएको छ ।
त्यस्तै विद्यालयले अन्वेषण र अनुसन्धानमा विद्यार्थीलाई अव्वल वनाउन कारखानासंगको सहकार्यमा विभिन्न अन्वेषण सम्वन्धि गतिविधिहरु समेत संचालन गरिरहेको छ ।
विद्यालयले नेपाल सरकारद्धारा प्रदान गरिने राष्ट्रिय सर्वोत्कृष्ट विद्यालय पुरस्कार समेत पाच पटक प्राप्त गरिसकेको प्रिन्सिपल पुरीले वताउनुभयो । सो महोत्सवमा विभिन्न विद्यालयका सिक्षक तथा विद्यार्थीहरुको सहभागित रहने विद्यालयले जनाएको छ ।