छैठौं पैदल निशान यात्राको तयारी तिव्र

असोज १० सोमवार
विगतका वर्षहरुका जस्तै यसवर्ष पनि पैदल निशान ध्वजा यात्राको आयोजना हुने भएको छ । विजया दशमीको महानवमीका दिन आयोजना हुने निशाना ध्वजा यात्राको अहिले तयारी तिव्र रुपमा भइरहेको छ ।
विराटनगर स्थित कालीमन्दिर बाट प्रारम्भहुने निशान यात्रामा भक्तजनहरु पैदल हिडेर रंगेली स्थित ऐतिहासिक कालीमन्दिर पुग्ने गर्दछन । कालीमाताका निशान ध्वजा बोकेर भक्तजन २४ किलोमिटर पैदल यात्रा गर्दै रंगेलीको कालीमन्दिरमा पुगेर माताको पुजा आजा गर्दै निशान ध्वजा चढाउने गर्दछन
भक्तजनहरु पैदल हिडेर शरिर लाई कष्ट दिदै ध्वजा चढाउदा मनोकामना पुरा हुने विश्वास रहि आएकाले निशान यात्रामा भक्तजनहरुको उल्लेखनीय सहभागिता हुर्दै आएको छ । यसवर्षको निशान यात्रामा ३ हजार वढि निशानयात्री को सहभागिता हुने जनाइएको छ ।
असोज–१८ गते मंगलवार महानवमी पर्वका दिन विहान ५ वजे विराटनगर स्थित कालीमन्दिर बाट निशान यात्रा शुभारम्भ हुने निशान यात्रा आयोजक समितिका संयोजक मनोज अग्रवालले वताउनुभयो ।
रंगेली कालीमन्दिरको आयोजनामा विगत पाचवर्ष देखी निशान यात्रा हुदै आएको छ । भक्तजनहरु उपवास बसेर निशान यात्रामा सहभागी हुदै आएका छन । मनाकामना पुरा हुने भएकाले कतिपय घरका सवै परिवार समेत यात्रामा सहभागी हुदै आएका छन ।
विराटनगर स्थित कालीमन्दिरमा प्रदेस १ समाजिक विकास मन्त्रीले विराटनगर महानगरपालिकाका मेयरलाई निशान यात्राको ध्वजा दिएपछि यात्रा शुभारम्भ हुने जनाएको छ ।
निशान यात्रामा सहभागी भई विराटनगर महानगरपालिका का मेयरले कटहरी गाउपालिका अध्यक्षलाई तथा कटहरी गाउपालिका अध्यक्षले धनपालथान गाउपालिका अध्यक्षलाई यसैगरि धनपालथान गाउपालिका अध्यक्षले रंगेली नगरपालिकाका मेयरलाि ध्वजा हस्तान्तरण गर्ने र सो ध्वजा रंगेली स्थित कालीमन्दिरमा चढाउने गरि व्यवस्था मिलाएको संयोजक अग्रवालले वताउनुभयो ।
रंगेली स्थित सनसारी मन्दिर पुगेपछि ठुलो संख्यामा भक्तजन सहभागी भई रंगेली नगरपालिकाको अगवाईमा निशान यात्रीको टोली अपरान्ह तिनवजेक कालीमन्दिर पुग्ने गरि व्यवस्था मिलाइएको छ । यात्रामा नेपालका मात्र नभएर भारतीय सिमावर्तीक्षेत्रका समेत भक्तजन सहभागी हुने गर्दछन । यात्रमा मोरङ, सुनसरी, झापा लगायता विभिन्न जिल्लाका भक्तजन सहभागी हुदै आएका छन ।
निशान यात्रामा सहभागीहुने भक्तजनहरु लाई छाला जुत्ता , चप्पल, वेल्ट लगायत छालाका कुनैपनि सामानको प्रयोग गर्न निषेध गरिएको छ । आयोजक समितिले विराटनगर लगायत विभिन्न ठाउवाट आएका निशान यात्रीलाई पुन आफनो घर फर्कनका लागी सवारी साधनको समेत व्यवस्था मिलाइएको छ ।
यात्रीहरुको सहयोगका लागी विराटनगर देखी रंगेलीसम्म आठ ठाउँमा विभिन्न संघसंस्थाहरुले शिविर आयोजना गर्न लागेको आयोजक समितिका सदस्य सुलभ अग्रवालले वताउनुभयो ।
मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेली मन्दिरै मन्दिरको सहर भएकाले विजय दशमीका अवसरमा आयोजना हुने कालीमन्दिको निशान यात्रा तथा सानसारी मन्दिरमा हुने प्रदेश स्तरिय फुलपाती बडाईले यस क्षेत्रका धार्मिक विशेषता बोकेको छ ।
निशानयात्राले विराटनगरको कालीमाताको मन्दिर, रंगेलीको प्राचिन काली माताको मन्दिर तथा सानसारी माताको मन्दिरलाई जोडने काम गरेकाले पनि निशान यात्राको ठुलो धार्मिक महत्व रहदै आएको आयोजक समितिका संयोजक मनोज अग्रवालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *