कोशीमा कांग्रेस(एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता ः सुनिल थापा निर्विरोध निर्वाचित

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशीमा राष्ट्रिय सभाको निर्वाचनमा मनोनयन दर्ता गराएको छ ।

गठबन्धनले कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेद्वारको रुपमा अघि सारेको हो । सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्वव थापा रहेका छन । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहेका छन् ।

यस्तै, पोर्तेलको प्रस्तावक छबि चुडाल र समर्थक एकराज कार्की रहेका छन । कोशीमा ३ जना राष्ट्रीय सभा सदस्यका लागि निर्वाचन हुदैछ । सो अनुसार एमालेले २ र काङग्रेसले एक जना उमेद्वार बाडफाड गरेका छन ।

कस्को मतभार कति

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ रहेको छ ।

कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ ९उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको०, एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ ९तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७०, जसपा नेपाल र राप्रपाका ४र४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ ९तत्कालिन माओवादी १३ र नेकपा एस ४०, राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् । कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ राजनीतक दल दर्ता भएका छन् । कोशी प्रदेशबाट सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।

उनको क्लष्टबाट अरूको उम्देवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *