डा.सुनिल शर्माले २ करोड लागतमा विद्यालय भवन निर्माण गरिदिने

कुमोद अधिकारी
१८ पुस ।
विराटनगर । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले मोरङ रतुवामाई ९ स्थित जनता माविको दुई तले भवन निर्माण गरिदिने हुनु भएको छ ।
५÷५ कोठाको दुई तले भवनको एक कार्यक्रमका विच शुक्रवार शिलान्यास गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका डा.शर्माले २ करोड बराबरको लागतमा भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गर्ने विद्यालयका प्रधानाध्यापक इश्वर खनालले बताउनुभयो ।
डा. शर्माले भवन निर्माण गरि एक वर्ष भित्रमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । संघीय शिक्षा नियमावली तथा स्थानीय शिक्षा नियमावली अनुशार २ करोड बराबरको जिन्सी तथा नगद विद्यालयको खातामा जम्मा गर्ने व्यक्तिले विद्यालयको नाम परिवर्तन गर्न सक्ने प्रावधान छ ।
सोही व्यवस्था अनुशार डा. शर्माले सो विद्यालयको साविकको नाममा आफ्ना बुवा–आमाको नाम राख्नु भएको छ । विद्यालय नाम परिवर्तनको सम्पूर्ण प्रकृया गत पुस १३ गते सम्पन्न भएको प्रधानाध्यापक खनालले बताउनुभयो ।
डा. शर्माका बुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको नाम थपिएर विद्यालयको नाम जनता लोकनाथ होमादेवी मावि भएको कार्यक्रममा घोषणा गरिएको छ ।


विद्यालयको नाम अनावरण पछि विद्यालय परिसरमा निर्माण गरिने भवनको शिलान्यास गरिएको थियो । सो विद्यालय २०२२ सालमा स्वर्गीय नरेन्द्रबहादुर थापाले स्थापना गर्नुभएको थियो । संस्थापक थापाको नाममा ५० लाख र डा. शर्माका हजुरवुवा र हजुर आमाको नाममा २५–२५ लाख गरि एक करोडको छात्रबृत्ति कोष स्थापना गर्ने पनि कार्यक्रममा उहाँले घोषणा गर्नुभयो ।
थापाकी श्रीमती मैयाँदेवी थापाको प्रमुख आतिथ्यतामा विद्यालयको नयाँ नाम अनावरण तथा भवन शिलान्यास गरिएको हो । सो विद्यालयमा अहिले शिशु कक्षा देखि १० सम्म पठन पाठन हुँदै आएको छ । विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक खनालले बताउनुभयो । सो अवसरमा वोल्नुहुदै डा शर्माले स्वास्थ्य तथा सिक्षा क्षेत्रसंगै समाजिक कार्यमा आफु निस्वार्थ भावनाले लागेको वताउनुभयो । वाल्यकालमा आफुले पढेको विद्यालयमा केही गर्नुपर्छ भन्ने सोचका साथ सो विद्यालयमा थप भवन निमार्णका लागि सहयोग गरेको उहाको भनाई थियो । सवैले निस्वार्थभावले समाजिक कार्यमा लाग्ने हो भने मुलुकमा समवृद्धि कायम हुने उहाले वताउनुभयो ।


विद्यालयको नाम अनावरण तथा भवन शिलान्यास कार्यक्रममा मोरङ क्षेत्र नं. २ का निवर्तमान सांसद ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य गणेश उप्रेती, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिहं सहितका सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *