कुमोद अधिकारी
पुस, १७
विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माइती नेपााको भुमिका सराहनिय रहेको वताउनु भएको छ ।
नेपाल र भारतविचमा मात्र सिमित नरहेको मानव वेचविखन तथा ओसारपसार नियन्त्रणमा सिमित आर्थिक साधनश्रोतका वावुजुदपनि माइती नेपालले सराहनिय काम गरिरहेको वताउनुभयो ।
माइती नेपाल विराटनगरको आयोजनामा महानगरपालिका परियोजना सल्लाहकार समितिको बसेको बैठकमा उहाले उहाँले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि अन्तराष्ट्रिय स्तरको प्रयास आवस्यक भएकोमा जोड दिनुभयो ।
उहाँले विराटनगरमा हालै सम्पन्न नेपाल र भारतका सरोकारवालावीच भएको छलफल अन्तरराष्ट्रिय स्तरका सरोकारवालाहरु सहित पनि आयोजना गर्न माईती नेपाललाई आग्रह गर्नुभयो । मानव बेचविखन जघन्य अपराध भएकाले यसको नियन्त्रण आवस्यक भएको उहाँले बताउनुभयो ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले प्राथमिकतामा राखेर आगामी वर्षदेखि बजेट तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले रानी जोगवनी सीमानाका क्षेत्रबाट सन् २०२५ मा १०८ जना महिला तथा बालिकाको उद्धार गरिएको बताउनुभयो । उहाँले उद्धार गरिएको १०८ जना मध्ये विराटनगर महानगरपालिका क्षेत्रका १५ जना रहेको जानकारी दिनुभयो । उहाँले विराटनगर ४ र ८ का ४÷४ जना, ७ र १६ नं. वडाका २–२ जना र ५, १० र ११ वडाका १–१ जना रहेको बताउनुभयो ।

परियोजना सल्लाहकार समितिको बैठकमा माइती नेपाल विराटनगरकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले. विराटनगर महागरपालिकाको वडा नं. ८, १३, १५, १६ नं वडामा मानव बेचविखन विरुद्धको समिति सन्जाल समुह गठन गरेर काम गरिरहेको बताउनुभयो । उहाँले विराटनगरका विद्यालय र मदरसाका विद्यार्थीहरुसंग पनि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।