अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा शुरु

कुमोद अधिकारी
१२ पुस ः मैथिली भाषा–साहित्य तथा मिथिला संस्कृति ,सभ्यताको संरक्षण,सम्वद्र्धन गर्न उदेश्यले अन्तराष्ट्रिय मैथिली सम्मेलन –२०२५ आजदेखि विराटनगरमा शुरु भएको छ।
मैथिली एशोसिएशन नेपालद्वारा आयोजित उक्त सम्मेलनको शुभारम्भमा विराटनगर–५ स्थित त्रिमूति धाममा रहेको कवि कोकिल विद्यापतिको प्रतिमामा माल्यार्पण गरिएको छ।
दुई दिने सम्मेलनमा नेपाल –भारत लगायत विश्वका अन्य मुलुकका मैथिली भाषीका एक सय वण् िप्रतिनिधिहरुको सहभागिता रहेको छ।
सम्मेलनमा वृहतस्तरको बौद्धिक विमर्श,कवि सम्मेलन,मिथिला समाजको विबिध सांस्कृतिक झाँकीहरुका प्रदर्शनी,मैथिली भाषा– साहित्यका प्रकाशित पुस्तहरुको प्रदर्शनी,मिथिला चित्रकला प्रदर्शनी,मिथिलाको पैराणिक परम्परा वेदपाठ, शंघघोषको प्रस्तुति, मिथिला खानाको परिकारको प्रदर्शनी, लोकनृत्य,लोकगीत, कवि सम्मेलन आदि लगायतका कार्यक्रम हुने छन् ।
सो अवसरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले प्रदेशमा मैथिली भाषासंस्कृतिको विकासमा सरकारले आवश्यक गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
विराटनगर महानगपालिकाका प्रमुख नागेश कोइरालाले यस प्रदेशमा रहेका मैथिली भाषी र अन्य भाषाीवीच एकतावीचले राष्ट्रियता वलियो बनेको दावी गर्नुभयो ।
राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले यस प्रदेशमा बसोवास गर्ने ठूलो सङ्ख्याका मैथिलीभाषीले आफ्नो भाषा ,संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान प¥याएको धारणा राख्न्भयो ।
एशोसिएशनका अध्यक्ष एशोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरी लगायतले मौथिली भाषाको विकासमा यस क्षेत्रका जनताको ठूलो सहयोग प्राप्त भएको धारणा राख्नुभयो ।
सम्मेलनको अवसरमा त्रिमूर्ति चौकबाट निस्केको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *