कुमोद अधिकारी
२४ कातिक
विराटनगर । कार्तिको दोश्रो सात परेको निरन्तर वर्षाका कारण कोशी प्रदेसमा १२ हजार ४ सय हेक्टर वढि धानवालीमा क्षति पुगेको छ ।
कोशी प्रदेसको १४ वटा जिल्लामा यो वर्ष २ लाख ६८ हजार ७ सय ६५ हेक्टर क्षेत्रफल जग्गामा धान खेती लगाइएकोमा त्यसमध्ये वर्षाका कारण १२ हजार ४ सय ३२ हेक्टर धानवालीमा क्षति पुगेको कृषि निर्देशनालय विराटनगरले जनाएका छ ।
गत विहिवार तथा सुक्रवार परेको निरन्तर वर्षाका कारण पाहाडी जिल्लाहरुमा भन्दा तराईका जिल्लामा वढि क्षति भएको सो कार्यालयका सुचना अधिकारी पुर्णमाया गुरुङले वताउनुभयो । वर्षाका कारण झापामा ४ हजार ६ यस हेक्टर धानवालीमा क्षति पुगेको छ ।
त्यसैगरि मोरङमा ३ हजार ४ सय २१ ह्ेक्टर, सुनसरीमा २ हजार ८ सय ५१ ह्ेक्टर धानवालीमा क्षति पुगेको सुचना अधिकारी गुरुङको भनाई छ । वर्षाका कारण सवैभन्दा कम सोलुखोम्वु जिल्लामा १५ हेक्छर धानवालीमा क्षति पुगेको छ । वर्षाका कारण कोशी प्रदेसमा २ अर्व १ करोड ४३ लाख वरवारको धानवाली क्षति भएको सो कार्यालयको विवरणमा उल्लेख छ ।
यसरी पाकेको धानवालीमा क्षति पुगेपछि किसान निराश भएका छन । काटेर भित्राउन लागेको अवस्थामा पाकेको धानवाली वर्षाका कारण डुवेर ढलेपछि किसान निरास भएका हुन ।
मलखादको अभाव तथा खडेरीका कारण जसोतसो गरि लगाएको धानवाली भित्राउने वेलामा वर्षाका कारण धान डुवेपछि आफुहरु निराश भएको मोरङ धनपालथान गाउपालिका–६ का किसान रामासिश महत्ताको भनाई छ ।
सिचाइका लागि मेशिन लगाएर रोपेको धान भित्राउने वेलामा क्षति पुग्दा आफुहरु मारमा परेको रंगेली नगरपालिका–२ का किसान देवराज राजवंशीको भनाई छ । धान काटने वेलामा सवै धान डुवाएपछि आफुहरु मारमा परेको उहाको भनाई छ ।
यसरी दुख गरेको लगाएको धानवालीमा वर्षाले क्षति पु¥याएपछि सरकारले राहतको व्यवस्था गर्नुपर्ने किसानहरुको माग रहेको छ । तिनै तहको सरकारसंग राहतको व्यवस्था गर्न समेत किसानले आग्रह गरेका छन ।