भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न शान्ती सुरक्षाको ग्यारन्टी आवश्यक– नेता अधिकारी

कुमोद अधिकारी
२१ कातिक,
नेकपा एमाले स्थाई कमिटि सदस्य खगराज अधिकारीले शान्त्ी सुरक्षाको ग्यारन्टी नभएसम्म निष्पच्छ एंव भयरहित वातावरणमा निर्वाचन हुन नस्कने वताउनु भएको छ ।
प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले जेन्जी आन्दोलनको क्रममा फरार भएका कैदीहरुलाई पक्राउ नगरेसम्म तथा लुटिएका प्रहरीको हथियार तथा उनिहरुको पोसाकहरु वरामद नभए सम्म भयरहित वातावरणमा निर्वाचन हुन नस्कने प्रष्ट पार्नुभयो ।
लुटिएका प्रहरीका हथियार वाहिर छन, आपराधिक कार्यमा सलंग्न जेलवाट फरार व्येक्तिहरुलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन , यस्तो अवस्थामा शान्तीपुर्ण वातवारणमा निर्वाचन कसरी हुन्छ उहाले भन्नुभयो । आफनो पार्टी नेकपा एमाले निर्वाचन देखि डराउने पार्टी होइन भन्नुहुदै तर अहिलेको अवस्थामा निर्वाचन हुने आधार आफुले नदेखेको उहाको भनाई थियो ।
गण्डकी प्रदेसका पुर्व मुख्यमन्त्री समेत रहनु भएका नेता अधिकारीकाले, मुलुकलाई निकास दिन सर्वदलिय एंव सर्व पंक्षिय सरकार आवश्यक रहेको वताउनुभयो । संविधानलाई सहि ट्रयाकमा ल्याउन जेन्जी युवाहरुको सहभागितमा सर्वपंक्षिय सरकार गठन गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
एक प्रश्नमा उहाले नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि सारा जिवन दाउमा लाउने कोइराला निवास जलाएर तथा विपि कोइराला र पुष्पलालको शालिकहरु भत्काउदै देशलाई नै ध्वस्त वनाएर लोकतन्त्रलाई नै कमजोड पार्ने काम भएको वताउनुभयो । विषयम परिस्थितिमा हुन लागेको नेकपा एमालेको महाधिवेशनले मुलुकलाई नया निकास दिने उहाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *