कुमोद अधिकारी
१२ असोज,
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गर्नु भएको छ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गर्नु भएको हो
ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने भन्नुहुदै मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो
उहाले भन्नुभयो , ‘यो चलचित्र हेर्न मौका मिल्यो । यसको प्रमोसनमा कोशी प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौँ । यसको लागि आन्तरिक मामिला मन्त्रालयलाई समन्वय गर्न आग्रह गर्दछु ।’
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा नै चलचित्र देखाउने योजना बनाए पनि केही कारणले सम्भव नभएको उल्लेख गर्नुभयो । प्रदेशसभामा पनि ‘नालापानी’ चलचित्र समय मिलाएर देखाउने उहाले वताउनुभयो ।
यस्ता एतिहासिक चलचित्र अरु पनि बन्नुपर्ने भन्नुहुदै देशका विभिन्न पक्षसँगसम्बन्धित चलचित्र बनेको खण्डमा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।
‘हाम्रा ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक मनोरम पक्षलाई उजागर गर्ने चलचित्र एउटा शसक्त माध्यम हो’, मुख्यमन्त्री कार्कीले भन्नुहयो ‘त्यसकारण यसलाई निरन्तर अगाडी बढाउन आग्रह गर्दछु । हामीले २०८२ लाई पर्यटन वर्ष मनाउने घोषणा पनि गरिसकेका छौँ । पर्यटन वर्षको सन्दर्भ पारेर कोशी प्रदेशको कथाबस्तुमा आधारित भएर चचित्रहरू निर्माण गर्न पनि हामीले सहयोग गर्नुपर्छ ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ऐतिहासिक कुरालाई अभिनय मार्फत सबैसामु प्रस्तुत गरेकोमा निर्माण पक्षलाई धन्यवाद दिनुहुदै सबै नेपालीले यो चलचित्र हेर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
‘नयाँ पुस्ताहरूलाई पनि हाम्रो वीरताको गाथासँग परिचित गराउन आवश्यक छ त्यसकारपानि कोशी प्रदेश सरकारको तर्फबाट यो चलचित्र हेरिदिनुहुनका लागि सबैलाई आग्रह गर्दछौँ उहाले भन्नुभयो
भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले चलचित्रले भावुक बनाएको उल्लेख गर्नुहुदै देशभक्ति चलचित्र भएकाले चासोका साथ फिल्म हेर्न सहभागि भएको वताउनुभयो ।
‘म धेरै चलचित्र हेर्दिन पनि, नालापानी भन्ने बित्तिकै हेर्न मन लाग्यो’, उनले भन्नुभयो ‘म इतिहासको विद्यार्थी भएकाले चासोको विषय पनि थियो ।
प्रदेश सांसद मीना श्रेष्ठले नालापानी चलचित्रले राष्ट्रियताको भोक जगाइदिएको र चलचित्रले थप देशप्रेम बढाएको वताउनुभयो ।
पत्रकार विक्रम लुइँटेलले यो फिल्मले आम युवा पंक्तिलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न सन्देश दिएको बताउनुभयो । उहाले भन्नुभयो , ‘पछिल्लो पुस्तामा राष्ट्रियता प्रतिको भावना कमजोर भइरहेको बेलामा यो चलचित्रले आम युवा पंक्तीलाई राष्ट्रियता प्रतिको भावना जागृत गर्न र देश प्रतिको माया, ममता, स्नेह सिर्जना गर्नको लागि गतिलो सन्देश दिएको छ ।’
पत्रकार मीनकुमार नवोदितले विगतमा पुस्तकमा पढेको कुरालाई चलचित्र मार्फत थप प्रष्ट हुन पाएको वताउदै यस्ता चलचित्र निर्माण र प्रवद्र्धन गर्न तीनै तहको सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले सबैले इतिहास थाहा पाउनुपर्छ भन्ने उद्देश्यका साथ नालापानी निर्माण गरेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले यसको प्रवद्र्धनमा भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अधिकारीको भनाई थियो ।
चलचित्र हेर्न विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, कर्मचारी, पत्रकारलगायत उपस्थिति भएका थिए । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहाडी, गीता बिष्ट, साहिना भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ ।