निजी वनका कारण खाली पर्ति जग्गा हराभरा हुदै

मोरङ वुढिगंगा गाउपालिकाका–१ का किसान धनिराम चौधरीले ग्रामथान गाउपालिका–४ मा सवा तिन विघा जग्गामा निजिवन लगाएका छन ।
५५ लाखमा जग्गा खरिदगरि लगाएको निजीवनमा मलेसियन सखुवा, टिक,मसला तथा कागती गरी चार हजार विरुवा छन । खोला छेउमा चारवर्ष अघि लगाएको निजि वन सवैका लागी उदारण वनेको सो क्षेत्र हरियाली समेत भएको छ । त्यतीमात्र नभएर निजिवन भित्र उन्नत जातका रांगाहरु पालेर विक्रि समेत गर्दै आएका चौधरीले जग्गा खाली राख्नु भन्दा ढिलै भएपनि आम्दानी आउने भएकाले अरु किसान लाई पनि वन लगाउन आग्रह गरे ।
त्यस्तै ग्रामथान– १ का किसान तेतालाल माझीले पनि १८ कठ्ठा जग्गामा १ हजार ४० टिकका विरुवा लगाएका छन । तीन वर्ष अघि लगाएको टिक को विरुवा केहि ठुलो भइसकेको छ । दुरी कायम गरेर लगाइको टिकको विरुवा ठुलो भएपछि त्यहा भित्र रहेको खाली जग्गामा उनले तरकारी खेती गर्नुका साथै धान समेत रोपेका छन । यसरी वन भित्र दुइप्रकारको खेती गर्दा वनमा झार जंगल उम्रन नपाउने र तरकारी र धान खेती गरेर दोहरो आम्दानी भइरको छ ।
पुर्व पश्चिम राजमार्ग दक्षिण तर्फ अहिले १५ सय विघा क्षेत्रफलमा निजि वन रहेको छ । डिभिजन वन कार्यालय मोरङले नेपालमै पहिलो पटक निजीवन विस्तारका लागी निजिवन उत्तपादन प्रर्वद्धन तथा कृषिवन प्रणाली विकास कार्यक्रम अन्तर्गत वन लगाउने किसानलाई अनुदान समेत दिन थालेको छ ।
सो कार्यक्रम अन्तर्गत राम्रो हैसियतका वन लगाउने किसानलाई वनको गोडमेल, सिचाइ तथा वनका हागां काटन अनुदान दिएको सव डिभिजन वन कार्यालय विराटनगरका प्रमुख परमेश्वर पासवानले बताए । सहायक वन अधिकृत पासवानले गत आर्थिक वर्ष सो कार्यक्रम अन्र्तगत ३९ जना किसानलाई २५ लाख अनुदान दिएको बताए । राष्ट्रिय वनको पहुन पुग्न नसेको अवस्थामा दक्षिण भेगका किसानलाई लक्षितगर्दे आफुहरुले नेपालमै पहिलो पटक यस्तो कार्यक्रम ल्याएपछि मोरङमा निजीवन फस्टाएको उनको दावी छ ।
मोरङ विराटनगर महानगरपालिका सहित दक्षिणी भेगका सातवटा पालिकामा गरि ६ सय ५८ वटा निजिवन दर्ता भएका छन । निजी वन अन्र्तगत मोरङमा वार्षिक १२ हजार रुख कटान हुने गरेकोमा त्यसवाट वार्षिक ३ लाख सेफटी काठ उत्पादन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *