एक कार्यक्रमका आयोजनागर्दै प्रदेश नं १ लाई साक्षर प्रदेशको घोषणा गरिएको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेस न १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेस १ लाई साक्षर प्रदेश घोषणा गरे । युनेस्कोले तोकेको १२ बटा मापदण्डलाई आधारमा प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।
सो अवसरमा बोल्दै सभामुख भण्डारीले साक्षरता घोषणासंगै अव प्रदेशलाई आर्थिक समृद्धिका प्रदेश बनाउने अभियानमा सबैले आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताए ।
सभामुख भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार साक्षर प्रदेश घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
सामाजिक विकास मन्त्री राजन राईले साक्षर प्रदेशको घोषणा सवैका लागि गौरव को कुरा भएको उल्लेख गर्दै समृद्धिका लागि व्यबसायीक, गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
स्वास्थ्य मन्त्री जयराम यादवले राष्ट्रियता र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीहरुलाई आग्रह गरे ।
खानेपानी, सिंचाई तथा उर्जामन्त्री रामकुमार राईले अबको शिक्षा जागिर खानका लागी मात्र नभई व्यवहारिक हुनुपर्ने बताए ।
सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग रहेको उल्लेख गरे ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, तथा सामाजिक विकास समितिका सभापति सरिता थापा खडकाले गुणस्तरिय तथा प्राविधिक शिक्षामा जोड दिए ।