कुमोद अधिकारी
३ फागुन,
विराटनगर । फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लंक्षित गर्दै निर्वाचन आयोगले मोरङमा मतदाता सिक्षा कार्यक्रम संचालनमा ल्याएको छ ।
मोरङको १७ वटै स्थानियतहको १ सय ५९ वटै वडामा मतदाता सिक्षा स्वयंसेवक परिचालन गर्दै आयोगले मतदाता सिक्षा कार्यक्रम संचालनमा ल्याएको हो ।
निर्वाचनमा हुने वदर मत कमगर्ने उदेश्यले मतदान गर्ने तरिका सिकाउन मतदाता सिक्षा कार्यक्रम संचाललनमा ल्याएको निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले वताउनुभयो ।
मतदाता सिक्षाका लागि प्रत्येकवडामा एकजना मतदाता सिक्षा स्वयंसेवक र प्रत्येको पालिकामा मतदाता सिक्षा सम्वन्धि एकजना फोकल परसन परिचालन गरिएको उहाको भनाई छ ।
फागुन–१७ गतेसम्म संचालन हुने मतदाता सिक्षा कार्यक्रम अन्तर्गत खटिएका मतदाता स्वयंसेवकहरुले गाउटोल तथा मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्र मार्फत मत खसाउने तरिका सिकाउने छन ।
रंगेली नगरपालिकाका मतदाता सिक्षा कार्यक्रमका फोकल परसन रोजिना कुवरले मतदाता सिक्षा स्वंयंसेवकहरुलाई तालिम मार्फत निर्वाचनमा मत खसाउने तरिका सिकाउदै आजदेखी पालिकाका सवै वर्डामा मतदाता सिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । मतदाता सिक्षा कार्यक्रमले वदर मत कम गर्ने भएकाले यस्को सहि उपयोग गर्न सवै मतदातालाई उहाले आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यो पटक समयमै मतदाता सिक्षा कार्यक्रम संचालनमा आएकाले वदरमत कम हुने विश्वास आयोगको रहेको छ । मतदाता सिक्षा कार्यान्वयनका लागि अनुगमन गरिनेगरि व्यवस्था मिलाइएको भएपनि विगतका निर्वाचनमा ग्रामिण क्षेत्रका गाउवस्तीमा भने मतदाता सिक्षा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन

मोरङ कटहरी गाउपालिका–४ का मतदाता मुकेश यादवले यस अघिको निर्वाचनमा मतदाता सिक्षाका लागि खटिएका मतदाता सिक्षा स्वयंसेवक गाउटोल सम्म नपुग्ने र पुगीहाले पनि मतदाताले वुझनेगरि मत खसाउने तरिका सिकाउन नस्कदा अशिक्षित मतदाताहरुलाई समस्या भएकाले यस पटकको मतदाता सिक्षा कार्यक्रम प्रभावकारी वनाउनुपर्ने वताउनुभयो ।
धनपालथान गाउपालिका–६ दादरवैरियाका जयनारायण रायले, उमेदवारका प्रतिनिधिहरु यस अघिको निर्वाचनमा मतदाता सिक्षाका लागि आउने गरेकोमा यस पटक भने मतादात सिक्षाका लागि अहिले सम्म आफनो टोलमा कोइ नआएको वताउनुभयो ।
सोही वर्डाकि उमा पासवानले पनि मतदाता सिक्षा आवश्यक भएपनि मतदाता सिक्षाका लागि खटिएकाहरु गउटोलमा कहिले आउछन भन्ने कुरा आफुहरुलाई थाहा नभएकाले मतदाता सिक्षाका लागि आउने कर्मचारी हरुले यस विषयमा जानकारी गराउनु पर्ने वताउनुभयो ।
एक महानगरपालिका सहित १७ वटा स्थायिनतह रहेको मोरङ जिल्लमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन । ्रप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यो जिल्लामा विभिन्न राजनितिकदल तथा स्वतन्त्र सहित १ सय १० जना उमेदवार चुनावी प्र्रतिस्पर्धामा छन ।