कुमोद अधिकारी
फागुन, १
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले मोरङ क्षेत्र नं ४ वाट उम्मेदवार वन्नु भएका जीवन घिमिरेले निर्वाचन क्षेत्र केन्द्रित ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलन गरि उहाँले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । उहाले सार्वजनिक गर्नु भएको प्रतिबद्धतापत्रमा संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख ऐन कानून निर्माणमा पहल गर्नेभ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वनमा जोड दिने, भाद्र २३ र २४ गते आन्दोलनको क्रममा ध्वस्त भएका संरचना पुननिर्माण गर्न पहल गर्ने, कटहरी, ग्रामथान र बेलबारीका ग्रामिण क्षेत्रहरूलाई तरकारी पकेट क्षेत्र घोषणा गरी बजारको प्रबन्ध गरिने विषयलाई जोड दिइएको छ
यसैगरि ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापनाको लागि पहल गर्ने, मोरङ, सुनसरी र झापाकै गौरबको तमोर–चिसाङ डाइभर्सन परियोजना सञ्चालन गर्न पहल गर्नेतत्काल सिचाइँको लागि आवश्यकता अनुसार डीप बोरिङको प्रबन्ध गर्न पहल गर्ने,किसानले विऊबिजन, मलखाद समयमा नै नपाउने अवस्थाको अन्त्य गर्ने,सिंधिया नदीको घिनाघाटदेखि जतुवा खण्डसम्मको भूभागलाई सौन्दर्यकरण गरी पर्यटन केन्द्रको रुपमा विकास गर्ने,बेलबारीको धनपालथान तथा कटहरीको बालुघाट, ग्रामथानको बजरंगबलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नेविराटनगरमा आइटी हब बनाई युवा रोजगारी सृजनाको लागि पहल गर्ने,रोजगार बैंकको अबधारणा कार्यान्वयनमा जोड दिइने तथा श्रम बजारको आवश्यता बुझी युवा पुस्ता लक्षित प्राविधिक सिपमुलक तालिम सञ्चलन गर्ने उल्लेख छ ।
बेलबारी, ग्रामथान र कटहरी गाउँपालिकामा १०० बेडको अस्पताल स्थापना र सञ्चालन गर्न पहल गर्ने,प्रदेश र संघिय सरकारसँग समन्वय गरी सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने,वैजनाथपुर रंगशालालाई स्तरउन्नति गरी पूर्ण क्षमतामा सञ्चालनमा गर्नेग्रामथानमा जेष्ठ नागरिक ग्राम निर्माण कार्यलाई अघि बढाउन पहल गरिने , जनता आवास कार्यक्रम मार्फत घरवारबिहिनहरूलाई बसोबासको प्रबन्ध गरिने उहाले प्रतिवद्धतापत्रमा उल्लेख गर्नु भएको छ ।
ग्रामथानमा सडियो धामीको नाममा थारु संग्रहालय तथा होमस्टे निर्माण गर्न पहल गरिने,अब्यबस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासी समस्याको समाधानको लागि पहल गरिने ,अधुरो रहेको विराटनगर रिङ्गरोडको निर्माण कार्य सम्पन्न गरि सञ्चालन गर्न पहल गरिने,नेताचोक, कसेनी हुँदै केरौनजाने नहरको बाटो कालोपत्रे गर्न पहल गरिने,नयाँ बजार–भौडाहा–थलाहा–मोतीपुर हुँदै बेलबारी जाने बाटो निर्माणका लागि पहल गरिने,सिंघिया, लोहन्द्रा र चिसांग खोलाको कटान क्षेत्रमा तटबन्धको प्रबन्ध गरिनेबाँतर, सतार, मुसहर, झागड, बातर, मुस्लिम, लगायत सिमान्तकृतहरूको भाषा, संस्कृतिको सरक्षण गरिने उल्लेख छ ।
त्यस्तै कटहरीमा रेलवे स्टेसन निर्माण गरी भारतको बथनाहादेखि कटहीसम्म रेलसेवा सञ्चालनका लागि पहल गर्ने,बेलबारी वडा नं. ५ र ६ जोड्ने झोलुङ्गे पुल निर्माण गरिने ,विराटनगर, कटहरी, ग्रामयान र बेलबारीका डुवान हुने क्षेत्रहरूमा बाढी निकासको यथोचित प्रबन्ध गरिने, सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई श्रमिकहरुको हितको सम्वर्धन गरिने, स्वदेशी उद्योगी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्न लागनीमैत्री वातावरण तयार गरी वैदेशिक लगानी भित्र्याउन पहल गरिने स्रष्टाहरूको सम्मानमा विशेष कार्यक्रमहरू सञ्चालनका लागि पहल गरिने,सामुदायिक तथा संस्थागत बिद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको नीतिगत ब्यबस्था गरिने लगायतका विषयलाई आफनो प्रतिवद्धता पत्रमा उल्लेख छ ।