कुमोद अधिकारी
२० माघ
विराटनगर । नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफनो पार्टीले स्पष्ट बहुमत ल्याउने वताउनु भएको छ ।
विराटनगरमा प्रेस चौतारी मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले पार्टीको सांगठनिक शक्ति, जनआधार र देशभर फैलिएको संरचनाका कारण निर्वाचनमा एमाले सवैभन्दा ठुलो पार्टी वन्ने वताउनुभयो ।
सामाजिक सञ्जाल र केही मिडियामा देखिएको उत्साह स्थायी नभएको उल्लेख गर्दै स्थापित दलहरू प्रतिको जनसमर्थन र विश्वास जनता प्रती अझै पनि कायम रहेको उहाको भनाई थियो ।
निर्वाचनका लागि शान्ती सुरक्षाको थप सुद्धिढ वनाउनु आवश्यक रहेको उहाको भनाई थियो । विगतको भन्दा शान्ती सुरक्षामा सुधार हुदै आएकाले निर्वाचन लक्षित सुरक्षा योजना कार्यान्वयमा सरकार लाग्नुपर्ने उहाले वताउनुभयो ।
एक प्रश्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको फोन संवादलाई सामान्य राजनीतिक प्रक्रिया भएकाले राजनीतिक नेतृत्वबीच संवाद हुनु स्वाभाविक हो यसलाई समान्य रुपमा लिनुपर्ने उहाको भनार्ई थियो ।