मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कुमोद अधिकारी
माघ, २
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विराटनगर स्थित जिल्ल समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाइँले उद्घाटन गर्नुभयो ।
यसैगरि मोरङको ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय समेत आज स्थापना भएको छ । मोरङको वेलवारी, उर्लावारी, रतुवामाई नगरपालिका, विराटनगरको कोशी प्रोजेक्ट तथा विराटनगरको पोखरिया स्थित वालउधान केन्द ्रतथा जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले वताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एसपी कबित कट्वाल, प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगाल लगायतको सहभागित रहेको थियो ।
मुख्य निर्वाचनको कार्यालय स्थापना पछि संचारकर्मीहरु संग कुरागर्नुहुदै मुख्य निर्वाचन अधिकृत भिष्मराज प्रसाईले फागुन–२१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि आजवाट तयारी थप तिव्र वनाएको भन्नुहुदै आउदो आइतवार निर्वाचन सम्वन्धमा मोरङ जिल्लाका सवै राजनितिकदलहरु संग निर्वाचनका विषयमा सर्वदलिय छलफल हुने जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ ।
मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन । त्यसमध्ये पुरुष ३ लाख ९९ हजार ६ सय ८६ र महिला ३ लाख ८३ हजार ३ सय ५७ तथा अन्यमा ७ जना रहेको निार्वाच कार्यालय मोरङका प्रमुख दगांलले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *