घुम्न जाउँ हे पोखरा –सडक महोत्सवमा सहभागि हुन विराटनगरवासीलाई सामुहिक निम्तो

कुमोद अधिकारी
२८ मङ्सिर ः
विराटनगर । पर्यटन व्यवसायलाई चलायमान गर्न आयोजना गर्न लागिएको सडक महोत्सवमा सहभागि हुन सम्पूर्ण विराटनगरवासीहरुलाई ‘घुम्न जाँउ है पोखरा’को सामूहिक निम्तो गरिएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ ,पोखरा महानगरपालिका, रेष्टुरेण्ट एवं एशोसिएन( रेवन)द्वारा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै महोत्सवमा सहभागि हुन निम्तो दिएको हो ।
यही पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको फेवा तालको किनारा लेकसाइडको करीव साडे तीन किलोमिटर क्षेत्रफलमा लगाइने २७ आँै पोखरा सडक महोत्वमा सहभागिहुन यस क्षेत्रका पर्यटन व्यवसायी तथा सर्वसाधारण लाई सामुहिक सहभागी हुन आग्रह गरिएको छ।
पोखरा नेपालको पहिलो पर्यटकीय नगरीमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला संग्रहालय भएकोले यस क्षेत्रको आर्थिक चलायमान गर्न १२ महिना पोखरा घुम्न जाउँ सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिनुभयो ।
सडक महोत्सवमा मुख्य आकर्षण विभिन्न जातजातिको लोपोन्मुख सांस्कृतिक झाँकीहरु ,मौलिक भेषभुषा,परमपरागत नृत्यहरुको प्रदर्शन, ‘सडक मै खाऔँ ,सडकमै नाचौँ,सडक मै रमाउँ ’ भन्दे नारालाई सार्थक पार्न सडकमै राष्ट्रिय तथा अनतर्राष्ट्रिय परिकारहरुको विक्री वितरण,साहसिक तथा खेलकुद गतिविधि संचालन हुने छन ।
त्यस्तै ,फेवा तालमा वोटरेस, ,सस्का कस्सी र पर्यटकहरुलाई लक्षित विशेष खेल गतिविधिहरु, पोखराको सौन्दर्य झल्कने वृत्त चित्र प्रर्दशन र फोटो प्रदर्शनी लगायतका विशेष कार्यक्रम रहेको पोखरा भ्रमण वर्ष प्रवद्र्धन कार्यक्रमका संयोजक गोपीबहादुर भट्टराईले सो अवसरमा जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसद वराल, मोरङ अध्यक्ष सुशिला पाठकले,े विराटनगर –पोखरा दैनिक टुरिष्ट वस एवं हवाई यातायात सेवा हप्तामा दुई पटक सञ्चालन गर्न आग्रह गर्नुभयो ।
सडक महोत्सवमा स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
पोखरा प्रवद्र्धनका लागि विराटनगर आइपुगेको २० सदस्यीय टोलीले महोत्सवको प्रचार प्रसारका लागि विराटनगर संगै इटहरी, ,जनकपुर, काठमाण्डौँमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको सो अवसरमा जानकारी गराएको छ । पोखराका सम्पूर्ण होटलहरुमा ४० हजार वेडहरु रहेकाले वास वस्न तथा पोखरा आउने पाहुनाहरुको सेवामा कुनै समस्या नहुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *