असार महिनाका कोशी प्रदेश ‘सर्वोत्कृष्ट प्रहरी’मा चौहान र अधिकारी

साउन ६ गते । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास अधिकारी असार महिनाका उत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।

प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता, जोखिमपूर्ण धरपकड र सफल अनुसन्धानका लागि सम्मानित गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा चेकजाँचका क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति तथा कार नियन्त्रणमा लिइएको थियो । भद्रपुर–७ मा प्रहरीले ६ राउण्ड गोली प्रहार गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्न सफल भयो । साथै, झापा गाउँपालिका–४ मा साइकलमार्फत लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा १६७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका थिए ।

त्यसैगरी, नायब निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका जन्मकैदको फैसला भएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्नुभएको थियो । अधिकारीले फरार रहेका अन्य २१ जना प्रतिवादीलाई समेत पक्राउ गरी कानुनको दायरामा ल्याउनुभएको छ । लागुऔषध दर्व्यवसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका निर्वाह गरेको प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *