कुमोद अधिकारी विराटनगर
१९ भदौ,
आफनो परम्परा, कला र सस्कृतिको जगेर्ना गर्ने उदेश्यले विराटनगरमा विराट सडक महोत्सव–२०८१ हुने भएको छ । महोत्सव आयोजक संस्था मन्जिना मुभिज क्रियसन प्रालीले विराटनगरमा आज पत्रकार सम्मेलनगर्दै विराटनगरको हिमालय रोडमा सो महोत्वस आयोजना हुन लागेको जनाएको छ ।
नेपाली हरुको महानपर्व दशैेलाई लक्षितगर्दै असोज–१७ गतेदेखि असोज–२३ गतेसम्म सात दिन संचालन हुने सो महोत्वसमा विभिन्न जातजातिका खानाका ३० वटा स्टल साथै स्वदेशी तथा घरेलु उत्तपादनका स्टलहरु रहने सस्थाका अध्यक्ष जतिन ताम्राकारले वताउनुभयो ।
महोत्वसमा स्थानिय कलाकारद्धारा हरेक सांझ सास्कृतिक कार्यक्रमको आयोजना हुने र महोत्वको अवधिभर दुई लाख भन्दा वढिले महोत्वसको अवलोकन गर्ने अध्ययक्ष ताम्राकारको भनाई छ । महोत्वस सम्पन्नगर्न १७ लाख रुपैया खर्च लाग्ने जनाइएको छ । सो संस्थाले विगत चारवर्ष विराटनगरमा निरन्तर विराट सडक महोत्वसको आयोजना गर्दै आएको छ । विराटनगरमा आन्तरिक पर्यटन प्रवद्र्धनगर्ने उदेश्यले महोत्वस आयोजन ागर्न लागिएको हो ।