असोज २३ आइतवार
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले मोरङ क्षेत्र नं ६ बाट उमेदवारी दर्ता गराउनु भएको छ । नेपाली काग्रेसको नेतृत्वमा रहेको गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका नेता कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरि प्रदेशसभा निर्वाचनका लागी सोही क्षेत्रका ६ (क) तर्फ गठवन्धनवाट नेकपा मओवादीका जिवन आचार्य तथा क्षेत्र नं ६ (ख) बाट नेपाली कांग्रेसवाट केदार कार्कीले उमेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि मोरङ क्षेत्र न ६ वाटै नेकपा एमालेका तर्फवाट लालवावु पण्डितले उमेदवारी दर्ता गराउनु भएको छ । यस अघि पनि सो क्षेत्रवाट प्रतिनिधीसभा सदस्य चुनिनु भएका पण्डीतले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनु भएको हो । त्यस्तै प्रदेससभा निर्वाचनका लागी क्षेत्र न ६ (क) बाट नेकपा एमालेका रिता न्यौपाने तथा ६ ख बाट पर्शुराम बस्नेतले उम्मेदवारी दिनु भएको छ ।