टिकट बाडफाडमा पार्टी भित्र कसैकोपनि असन्तुष्टि छैनः नेता कोइराला

असोज २३
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनितिक स्थायीत्व र संविधानको रक्षाका लागी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनदल मिलेर चुनावमा उत्रिएको बताउनु भएको छ ।
उम्मेद्घारी दर्तापछि विराटनगरमा आज पत्रकारसंग कुरा गर्दै उहाले नेपाली कांग्रेस र नेकपा एमाले दुवैदलको नेतृत्वमा गठवन्धन बनाएर निर्वाचनमा गएकाले यस विषयलाई समान्य रुपमा लिनुपर्ने वताउनुभयो । उहाले प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागी गठवन्धन आवश्यक रहेकाले आफुले गठबन्धनको बिरोध नगरेको बताउनुभयो ।
पार्टी भित्र टिकट वाडफाडको विषयमा कसैको पनि असन्तुष्ठि नभएको बताउर्दै सवैलाई चित्त वुझनेगरि पार्टीले टिकट वितरण गरेको उहाँको भनाई थियो । टिकट वितरण गर्ने समितिमा आफु नभएपनि समितिका साथीहरुले दशैपर्वमा पनि दिनरात खटेर सहि रुपमा टिकट बाँडफाड टुग्याउनु भएकोमा समितिका साथीहरुलाई उहाले धन्यावाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *