विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मोरङको श्री संसारी माताको मन्दिरमा प्रदेश स्तरीय फुलपातीका बडाईका लागी तयारी शुरु गरिएको छ ।
रंगेली नगरपालिका वार्ड न ७ मा रहेको सो मन्दिरमा प्रदेश नं. १ सरकारले विजया दशमीको फुलपातीको अवसरमा प्रदेश स्तरीय बडाई गर्ने निर्णय गरेपछि यसवर्ष पनि फुलपाती बडाइका लागी मन्दिर व्यवस्थापन समितिले तयारी गरेको हो ।
विगत तीनवर्ष देखी सो मन्दिरमा प्रदेश नं. १ सरकाका मुख्यमन्त्री को प्रमुख आतिथ्यमा मन्त्री तथा प्रदेश १ बासीको सहभागिता प्रदेश स्तरीय बडाई हँुुदै आएको छ । फुलपाती बडाईका लागी मन्दिर व्यवस्थापन समितिले तयारी तिव्र बनाएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष संन्जीव श्रेष्ठले वताउनुभयो ।
फुलपाती बडाईका लागी मन्दिर सजावट, सरसफाई , स्वागत द्धारको निमार्ण मन्च, चमेनाको व्यवस्थापन तथा विभिन्न समिती उप समिती गठन गर्ने काम तिव्रगतीमा भइरहेको उहाले बताउनुभयो ।
प्रदेश नं. १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शनका लागी नेपालमात्र हैन भारतबाट समेत भक्तजनको ठुलो सहभागिता रहने गरेको छ ।
फुलपातीमा करिव पाचहजार भन्दा वढि भक्तजन सहभागी हुने हुदा त्यहि अनुसार तयारी गरिएको व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठको भनाई छ ।
प्रदेश १ को राजधानी विराटनगर देखी २२ किलोमिटर पूर्व चिसांङ खोलाको किनारमा रहेको मन्दिरमा घटस्थापना देखी विजया दशमीको टिका सम्म भव्य पुजापाठ तथा भजन कृतनको समेत आयोजना हुने गरेको छ । १० दिन सम्म मन्दिर भित्र दुइदर्जन व्राम्ह्णहरुले २४ घन्टा पुजा पाठ गर्ने गरेका छन ।
झण्डै एक सय वर्ष पुरानो सो मन्दिरलाई व्यवस्थापन समितिले व्यवस्थीत बनाएपछी विगत १२ वर्षदेखी मन्दिरमा प्रत्यक दिन बोका वली चढाउन र पुजा गर्न ठुलो संख्यामा भक्तजन आउने गरेका छन ।
भाकल गर्दा मनोकामना पुरा हुने मन्दिरमा शनिवारका दिन भक्तजनहरु ले २ सयभन्दा वढि बोका वली चढाउने गरेको मन्दिर व्यवस्थापन समितिका सह–सचिव इश्वर पोखरेलले वताउनुभयो । भाकलगर्दा कतिपय भक्तजनहरुले बोका चढाउने तथा कतिपयले मन्दिरमा आएर परेवा उडाउने गर्दछन ।
मन्दिरमा दर्शन गर्दा सवै मनोकामना पुरा हुने भएकाले विगतका वर्षमा जस्तै यसवर्षपनि फुलपाती वडाई कार्यक्रममा सहभागी हुन पोखरेलले सवैलाई आग्रह गर्नुभयो ।
फुलपातीका दिन विहान ८ वजे मन्दिर परिसरवाट नेपाली सेना नेपाल प्रहरी सशत्र प्रहरीको टोली तथा विभिन्न जाती समुदायका नृत्य झाँकी सहित भक्तजनको सहभागीतामा डोलीमा राखेर फुलपाती निकाल्ने चलन छ ।
मन्दिर प्रती भक्तजनका आस्था एंव विश्वास वढे संगै प्रदेश सरकार र रंगेली नगरपालिकाले प्रत्यक बर्ष मन्दिर व्यवस्थापन तथा पुर्वाधारका लागी वजेट छुटयाउने गरेका छन । प्रदेश सरकारले १० करोडको लागतमा मन्दिर परिसरमा अहिले पुर्वाधार निमार्णको काम गरिरहेको श्रेष्ठको भनाई छ ।
उहाका अनुसार फुलपाती बडाइलाई मध्यनजर गर्दै आधा दर्जन स्वागत द्धार निमार्ण गर्ने काम भइरहेको छ । झिलिमीली वत्ती तथा ध्वजा पताकाले मन्दिर सिँगारिदै छ । फुलपातीको तयारीका लागी स्वतस्र्फुत रुपमा स्थानिय जुटेका छन । मन्दिरमा शारिरीक रुपमा सहयोग गर्दा माताले आशिवार्द दिने विश्वास रहेकाले पनि सवैको सहभागिता हुने गरेको स्थानियको विश्वास छ ।
त्यस्तै प्रदेस स्तरिय बडाँइ कार्यक्रममा राई , लिम्वु, मगर , सन्थाल उराव तथा झागड समुदायले गर्ने लोक नृत्यले सवै लाई आकर्षण वनाउने गरेको छ । मन्दिरबाट निकालिएको फुलपाती विभिन्न ठाउमा विश्रामका लागी व्यवस्था मिलाएको छ ।