विराटनगर,१० असोज । अमेरिका निवासी तीन जनाले विराटनगर महानगरपालिका का ६ वटा विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीहरु लाई छात्रवृत्ति वितरण गरिएको छ ।
विराटनगर महानगर वडा नं ११ कार्यालय मार्फत अमेरिकी नागरिक सहेन कप्लान,अमेरिकी निवासी आयुस नेपाल र रेहना नेपालले पठाउनु भएको रु एक लाख २१ हजार बरावरका छात्रवृत्ति ११ जना छात्रछात्रा लाई वितरण गरिएको छ ।
यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यालयहरुमा जनपथ मा.वि,सत्यनारायण मा.वि,पोखरीया मा.वि, मिल्स मा.वि,बाल कल्याण मा.वि र रामसिता मा.वि का विद्यार्थी रहेका छन् ।
शिक्षा विकास समन्यव इकाई मोरङका प्रमुख टङ्क गौतम, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, समाजसेवी पदम श्रेष्ठ र किरण नेपाल लगायतले छात्रवृत्ति वितरण गर्दै विद्यार्थी भविष्यका कर्णधार भएको हुनाले प्राप्त छात्रवृत्तिले उच्च शिक्षा अध्ययन गर्न केही सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
वितरण गरिएको छात्रवृत्तिमा न्यूनतम रु आठ हजारदेखि अधिकतम रु २५ हजार रहेको छ ।