आत्महत्या रोकथामको लागी प्रदेश १ मा अभियान

आत्महत्याका घटना वढ्न थालेपछि रोकथामकाृ लागी १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले अभियान संचालन गर्ने भएको छ ।
कार्यालयद्धारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा १ नम्वर प्रदेश प्रहरी प्रमुख एंव प्रहरी नायव महानिरीक्षक डि आइजी सुदिप गिरीले प्रदेस–१ का १४ वटै जिल्लामा एकैसाथ आत्महत्या रोकथाम सचेतना अभियान सुभारम्भ गर्न लागेको जानकारी दिए ।
अभियान अन्तर्गत स्थानिय तह,टोल सुधार समिती, प्रहरी तथा विभिन्न संघसंस्था विच समन्वयगर्दै मानसिक रोगीहरुले आत्महत्या गर्ने गरेको पाइएको हुँदा त्यस्ता विरामीलाई उपचारका लागी पठाउने,आत्महत्या समस्याको समाधान होइन समस्याको शुरुवात हो भन्ने कुरा स्थानिय स्तरमा बुझाउने ,तनाव व्यवस्थापन सम्वन्धी तालिम संचालन गर्ने तथा आत्महत्या गर्न सक्ने लक्षण देखिएका मानिसलाई तत्काल मनोपरार्मश को व्यवस्था मिलाउन पहल गर्ने जस्ता कार्य संचालन गर्ने प्रहरी नायव महानिरिक्षक गिरीले बताए ।
दिन प्रतिदिन आत्महत्याका घटना उल्लेखनिय रुपमा वढदै गएकाले अभियानलाई सफल वनाउन संचारकर्मी लगायत सवैलाई आग्रह गरे ।
वर्षभरि संचालन हुने न्युनिकरण अभियानलाई प्रभावकारी र स्थानिय स्तर सम्म पु¥याउन पर्चा पम्पलेट,नाटक जस्ता कार्यक्रम संचालन गर्दै प्रचार प्रसारलाई तिव्रता दिइने जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेश १ मा गत आर्थिक वर्षमा १४ सय ८९ जनाले आत्महत्या गरेका छन । त्यसमध्ये पुरुष ९ सय २२, महिला ४ सय ४३, वालक ६२ तथा वालिका ६२ रहेका छन ।
कार्यालयको तथ्यांक अनुसार गत पाच वर्षमा प्रदेश १ मा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेका छन । त्यसमध्ये पुरुषको संख्या ३ हजार ८ सय ९७, महिला २ हजार १ सय ५९, वालक ३ सय तथा वालिका ३ सय ४७ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *